Saturday, December 17, 2011

बाग्मती अतिक्रमण र सुकुम्बासी

शिवकुमार भट्टराई

राजधानी काठमाडौा यतिखेर अस्तव्यस्त छ । सरकारले विकास निर्माण अभियानलाई थोरै गति दिन थालेको मात्र थियो विभिन्नखाले समस्या तेर्सिएका छन् । सडक अतिक्रमण गर्नेहरूमाथि कारबाही थाल्यो न्यायालयको आडमा रोकिएका छन् । अरनिको राजमार्ग फराकिलो पार्ने काम सरकारले तीव्र पार्नेबित्तिकै अतिक्रमणकारीहरू न्यायालय पुगे र अहिले 'स्टे अर्डर' भएको छ । यस्तै मुलुककै सम्पदाका रूपमा रहेको बाग्मती नदी आज प्रदूषण र अतिक्रमणले प्रताडित अवस्थामा छ । फितलो प्रशासन र स्वार्थी राजनीतिक दलको प्रवृत्तिले बाग्मती नदीमाथिको अतिक्रमण व्यापक भएको हो । आज सुकुम्बासीका नाममा बहुमूल्य जग्गामाथि भएको अतिक्रमणले बाग्मती सभ्यता नै धरापमा परेको छ । बाग्मती नदीमाथि भएको अतिक्रमण हटाउन सरकारी तहबाट अभियान थाल्ने सङ्केत पाउनेबित्तिकै न्यायपालिकाको आदेशमा रोकियो । सर्वोच्च अदालतले केही वर्ष अघि नै बाग्मती नदीलाई प्रदूषणमुक्त तुल्याउन आवश्यक व्यवस्था तत्काल गर्नु भनी सरकारका नाममा आदेश भए पनि राजनीतिक स्वार्थका कारण काम अघि बढेको थिएन तर वर्तमान सरकारले पहिलोपटक यो विषयमा राजनीतिक सहमति जुटाएको थियो । सहमति जुटेकै दिन पुनरावेदन अदालतले भने हाललाई नहटाउनु भन्ने आदेश दियो । यद्यपि पछि अदालतले नदी अतिक्रमण गरी बस्ने सुकुम्वासीलाई हट्न ३५ दिने म्याद दिनुपर्ने आदेशसहित सरकारले हटाउन सक्ने फैसला गरेको छ । अब भने यसका लागि क्रियाशील एकीकृत बाग्मती सभ्यता समितिलाई काम गर्न कानुनी बाटो खुलेको छ ।

राजनीतिक र कानुनीरूपमा अतिक्रमण हटाउन बाटो खुले पनि केही स्वार्थी प्रवृत्तिले यसलाई मुद्दा बनाउन छोडेको छैन । सहमति जनाउने ठूला दलकै केही नेता भने सुकुम्बासीका नाममा भइरहेको अतिक्रमणकारीको मनोबल बढाउने गरी भाषण ठोक्न हतारिएका छन् । राजधानीको सभ्यताको संरक्षण गर्ने यस्तो संवेदनशील विषयमा स्वार्थी राजनीतिकर्मीको अभिव्यक्तिले कतै फेरि यो अभियान प्रभावित हुने त होइन भन्ने आशङ्का उब्जिएको छ । यो प्रवृत्ति रोकिएन भने राजधानी मात्र होइन देशैभरि समस्या विकराल बन्नेछ । साथै विकृति, विसङ्गति र अराजकता मौलाउनेछ ।

विगतमा राजनीतिक दलभित्रको स्वार्थी प्रवृत्ति र चुनावी राजनीतिले गर्दा उनीहरूकै आडमा बाग्मतीमाथिको अतिक्रमण बढेको हो । राजधानीको मूल्यवान जग्गामा आधिपत्य जमाउन पाउने अवस्थालाई चल्तापुर्जावाला सबैले दुरुपयोग गरे । अहिले बाग्मती नदीमाथि अतिक्रमण गरी पक्की घरसमेत बनेका छन् । छाप्रो नै बनाइएको भए पनि भित्र भने आधुनिक सामानहरू पाइन्छन् । पि|mज, टि.भी. मोटरसाइकल र कतिपयले त गाडी नै राखेर त्यहाा बसोबास गरेका छन् । सबै त्यस्ता नहोलान् तर केही मानिस त्यो हैसियतका पनि छन् । यति मात्र होइन अतिक्रमण गरेर भाडामा लगाउने र किनबेच नै गर्ने प्रवृत्ति पनि बढेको छ । त्यसले गर्दा बाग्मती नदीमाथिको अतिक्रमणले संस्थागत स्वरूप नै ग्रहण गर्न थालेको छ । यो प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने राजनीतिक दलले चुनावमा मत लिने गलत सोचका कारण समस्या बढाउने काम भएका छन् तर अब भने त्यो अवस्था रहनुहुन्न । सुरुमा बस्दा नै उनीहरू हट्नुपर्छ भन्ने मानसिकता थियो र अहिले कुनै पनि बेला हट्नुपर्छ भन्ने बुझेका छन् तर स्वार्थी राजनीतिक चालले समस्या थपेको हो ।

Saturday, December 10, 2011

को कति सुविधाभोगी ?

बलराम बानियाँ०
काठमाडौ, मंसिर २४ - कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई त्यस्ता व्यक्ति थिए, जो प्रधानमन्त्री हुँदासमेत बिदाका दिन कहिल्यै सरकारी गाडी चढ्दैनथे । सत्तासीन हुँदा पनि उनी बिदाका दिन कतै जानुपरे ट्याक्सी चढ्थे । दुई पटक प्रधानमन्त्री हुँदा दुवै पटक सत्ताबाट बाहिरिएकै दिन गाडीलगायत सबै सरकारी सुविधा छाडेका थिए । पूर्वप्रधानमन्त्रीका नाताले मात्र नभई स्वास्थ्यका कारणसमेत अशक्त भएकाले सरकारले उनलाई एउटा गाडी दिएको थियो । तर अचम्म, त्यस्ता त्यागी नेतालाई दिइएको गाडी उनको मृत्युपछि सरकारकहाँ पुगेन । भट्टराई दिवंगत भएको १० महिना भइसक्यो, सरकारी गाडी सहयोगी अमिता कपालीले बिना हैसियत चढ्दै आएकी छन् ।

सत्ताबाट बाहिरिएलगत्तै गाडी फिर्ता गर्ने अपवाद किसुनजीमात्र थिए । बाँकी नेताले एक पटक प्रधानमन्त्री, उपप्रधानमन्त्री वा गृहमन्त्री हुनु भनेको चालकसहित सरकारी गाडी र इन्धनलगायत सुविधा आजीवन पाउनु हो भन्ने ठान्दै आएका छन् ।

भट्टराईपछि कांग्रेसकै २ जना, तत्कालीन राप्रपाका २, एमालेका ३ र माओवादीका एक प्रधानमन्त्री बाहिरिइसकेका छन् ।

तर कांग्रेसका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, तत्कालीन राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल अनि माओवादीका पुष्पकमल दाहाल कसैले पनि भट्टराईको अनुसरण गरेनन् । उनीहरू सबैले सत्ताबाट बाहिरिँदा कानुन र पदीय मर्यादा उल्लंघन गर्दै आफू प्रधानमन्त्री हुँदा चढेकै सुविधासम्पन्न गाडीसहित प्रधानमन्त्री निवासबाट बाहिरिए । आफ्ना उत्तराधिकारीका लागि गाडी नै बाँकी नरहने स्थिति हुँदासमेत उनीहरूले आफू पदमा रहेकै बेलाको सवारीसाधन लैजाँदै आएका थिए ।

सबैजसो सत्तासीन नेताहरूमा सर्वसाधारणका समस्या हल गर्नभन्दा पनि कसरी महँगा गाडी र सरकारी सुविधा सधैंका लागि हत्याउने भन्ने प्रवृत्ति बारम्बार देखिँदै आएको छ । यस्तो प्रवृत्तिको सुरुआत कोइरालाबाट भयो जसले प्रधानमन्त्री हुँदा मात्र हैन, त्यसपछि पनि आजीवन मेलम्ची खानेपानी आयोजनाको विलासी गाडी चढिरहे । उनको निधनपछि मात्र त्यो गाडी आयोजनालाई फिर्ता गरिएको थियो ।

त्यही गाडी झलनाथ खनाल प्रधानमन्त्री भएपछि उनकी पत्नी रविलक्ष्मी चित्रकारले मगाएर चढिन् । खनालको बहिर्गमनपछि अहिले उक्त गाडी प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी एवं माओवादी नेतृ हिसिला यमीले चढिरहेकी छन् ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र सूर्यबहादुर थापाले पनि कोइरालाकै बाटो अनुसरण गरे । सत्ताबाट बाहिरिँदा देउवाले चमेलिया जलविद्युत् आयोजनाको र थापाले विद्युत् प्राधिकरणको प्राडो लगेर चढ्दै आएका छन् । अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने युवा तथा खेलकुद मन्त्रालयको गाडी चढ्दै आएका छन् ।

दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ कोइरालाको पालामा प्रधानमन्त्रीका लागि भनेर मगाइएको सवा करोड रुपैयाँको बुलेटप्रुफ गाडी आइपुग्यो । कम्युनिस्ट प्रधानमन्त्रीलाई सवा करोडको गाडी भनेर समाचारहरू सार्वजनिक भएपछि दाहालले त्यो गाडी चढ्दिनँ भने । त्यही गाडी उपराष्ट्रपति परमानन्द झालाई दिइयो । दाहालले आफू प्रधानमन्त्री छँदै चमेलियाको त्योभन्दा महँगो प्राडो जिप झिकाएर चढे । अनि उत्तराधिकारीलाई बाँकी नै नराखी त्यही प्राडो लिएर बालुवाटारबाट बाहिरिए ।

उनीपछिका पूर्वप्रधानमन्त्रीहरू नेपाल र खनाल मात्रै के कम ? उनीहरूले पनि निर्धक्क त्यसै गरे । दुवैले सत्ताबाट बाहिरिँदा चमेलियाकै महँगो र विलासी प्राडो लगेर चढ्दै आएका छन् । देउवा, दाहाल, नेपाल र खनालले चमेलियाको क्रमशः बा६च १०२५, १०२९, १०३० र १०२६ नं. को प्राडो चढ्दै आएका छन् । सबैजसो पूर्वप्रधानमन्त्रीले सत्ताबाट बाहिरिँदा जबर्जस्ती आफू चढेकै गाडी लगेका हुन् ।

पछिका सरकारले उनीहरूलाई अनधिकृत रूपमा जबर्जस्ती लगेको गाडी नै चढ्न दिने भनेर निर्णय गरिदिएको मात्र हो ।

सरकारबाट सबभन्दा बढी सुविधा लिनेमा दाहाल अग्रपंक्तिमा छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट सभासदको तलब सुविधाका अतिरिक्त आवास सुविधाबापत थप मासिक ८० हजार रुपैयाँसमेत लिँदै आएका छन्, जबकि सभासदको तलबभत्तामा नै आवास सुविधा दिइएको हुन्छ । विपक्षी दल कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालालाई पनि दाहाललाई जस्तै मासिक ८० हजार रुपैयाँ दिइएको थियो । उनले त्यो ८० हजार रुपैयाँ लिन थालेपछि सभासदबापतको भत्ता लिएनन् । दाहालले भने दुवै सुविधा लिइरहेका छन् । इन्धनका हिसाबले सबभन्दा बढी सुविधा नेपाललाई दिने गरिएको छ । उनलाई मासिक ३ सय लिटर र अरू पूर्वप्रधानमन्त्रीहरूलाई २ सय लिटर दिने गरिएको छ । उनीहरूको सुरक्षाकर्मीका पछुवा गाडीलाई भने नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट दिइने इन्धन सुविधा कसैलाई धेरै र कसैलाई कम छ ।

पूर्वगृहमन्त्री कृष्ण सिटौला, वामदेव गौतम र भीम रावलले पनि पूर्वप्रधानमन्त्रीहरूको जस्तै उत्तराधिकारीलाई बाँकी नै नराखी पदमा हुँदा चढेकै विलासी गाडी लिएर गए । गृह मन्त्रालयले पदासीन हुँदा लगेको गाडी फिर्ता गर्न आग्रह गर्दै अर्को गाडी दिने बताउँदा पनि सिटौला र रावलले फिर्ता गरेनन् । गौतमले भने विलासी गाडी फिर्ता गरेर अर्को कार लगेका छन् । सरकारले तजबिजी निर्णयबाट पूर्वगृहमन्त्रीहरूलाई पदबाट बाहिरिएको तीन वर्षसम्म गाडी सुविधा दिने गरेको छ । पदबाट बाहिरिएको तीन वर्ष बढी भइसके पनि पूर्वगृहमन्त्रीहरू केपी ओली, पूर्णबहादुर खड्का र सिटौलाले गाडी फिर्ता गर्न मानेका छैनन् ।

गृह मन्त्रालयको निर्णयका आधारमा भन्दै एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंह र कम्युनिस्टका संस्थापक नेता नरबहादुर कर्माचार्यले बिना हैसियत २ सय लिटर पेट्रोल र चालकसहित गाडी सुविधा लिएका छन् । पोखरेलले भने आफूले सरकारबाट गाडी सुविधा नलिएको दाबी गरेका छन् । गृह मन्त्रालयले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा भने उनलाई पनि गाडी सुविधा दिएको उल्लेख छ ।

सर्वोच्च अदालतले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्व विशिष्ट व्यक्तिहरूलाई सरकारको तजबिजी निर्णयबाट दिएको सबै सुविधा खारेज गरेपछि नेताहरूको गाडी मोहमा व्यवधान आइपरेको छ । सर्वोच्चले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा बस्न दिने निर्णयसमेत खारेज गरिदिएको छ ।

ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएका बेला तत्कालीन सरकारले केही समयका लागि भनेर नागार्जुन दरबारमा बस्न दिए पनि कहिलेसम्मका लागि भन्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छैन । साथै सरकारले पूर्वराजा र राजपरिवारलाई दिँदै आएको सुरक्षा दस्तासहितको सुविधासमेत अवैध ठहर गरी फिर्ता गर्न अदालतले आदेश दिएको छ ।

फिर्ता गर्ने वचन

पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले मुख्यसचिव माधव घिमिरे र गृहका अधिकारीहरूलाई फोन गरी आफूहरू सर्वोच्चको निर्णयअनुसार सुविधा फिर्ता गर्न तयार रहेको बताएका छ् । 'नेपाल, थापा र चन्दले हामीलाई फोन गरी सर्वोच्चको निर्णयअनुसार गाडी, सुरक्षाकर्मीलगायत के/के सुविधा फिर्ता गर्नुपर्ने हो हामी तयार छौं, फैसलाको कपी आएपछि हामीलाई भन्नुहोला भन्नुभएको छ,' एक अधिकारीले भने ।

राजधानीको गोठाटारस्थित मदन-आश्रति स्मृति प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा जाँदा र र्फकंदा नेपालले सरकारी सुविधाको प्राडो चढेनन् । उनी कार्यक्रममा अर्कै निजी गाडी चढेर गएका थिए । यसैबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि गाडी र सुविधा फर्काउने उनका छोरा प्रकाशले शुक्रबार कान्तिपुरलाई बताएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल १. इन्धन सुविधा २०० लिटर पेट्रोल

२. बा.६च. १०२६ नं. प्राडो जीप

३. सवारी चालक - १ जना

४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

५. सशस्त्र प्रहरी - १३ जना सुरक्षाका लागि

पछुवा गाडी र सशस्त्र प्रहरीबाट उपलब्ध

(२०६७/१२/९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम)

पूर्वप्रधानमन्त्री १. इन्धन सुविधा मासिक ३०० लिटर डिजेल

माधवकुमार २. बा.६च. १०३० नं. को चमेलिया जलविद्युत्

नेपाल आयोजनाको प्राडो जीप

३. सवारी चालक- १ जना

४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी

र आवश्यकताअनुसार इन्धन

६. टाटा टेल्को गाडी - १ थान

(सशस्त्र प्रहरी बलबाट)

(२०६१/८/२१ र २०६७/१२/९ को

मन्त्रिपरिषद्को निर्णय बमोजिम)

पूर्वप्रधानमन्त्री १. २०६६ जेठ महिनादेखि आवास सुविधा

पुष्पकमल दाहाल मासिक रु. ८०,०००/-

२. प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध

गराइएको चमेलिया जलविद्युत् आयोजनाको

१०२९ नं. को प्राडो जिप

३. सुरक्षा -पछुवा) का लागि माज्दा गाडी सशस्त्र

प्रहरी बलबाट उपलब्ध गराइएको

४. नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागि

बा.१.झ. ५५९९ नं. को सवारी साधन र

सोका लागि ३५० देखि ४०० लिटर मासिक

रूपमा इन्धन

५. नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी

६. सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र

आवश्यकताअनुसार इन्धन

-२०६१/८/२१ र २०६६/४/९ को मन्त्रिपरिषद्को

निर्णय बमोजिम)

पूर्वप्रधानमन्त्री १. इन्धन सुविधा मासिक २०० लिटर डिजेल

शेरबहादुर देउवा २. सुरक्षा -पछुवा) गाडीको लागि १०० लिटर

डिजेल र १ लिटर मोबिल मासिक उपलब्ध

गराइएको

३. सुरक्षा -पछुवा) का लागि पिकअप नं. ७५१४

-गृह मन्त्रालयको)

४. सरकारी साधन चमेलिया जलविद्युत्

आयोजनाको बा.६च. को प्राडो जीप

५. सवारी चालक - १ जना

६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

७. सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी

-२०६१/८/२१ को मन्त्रिपरिषद्को निर्णयका

आधारमा उपलब्ध गराइएको)

पूर्वप्रधानमन्त्री १. इन्धन सुविधा मासिक २०० लिटर डिजेल २०६१/८/२१ को

लोकेन्द्रबहादुर चन्द २. ९१४५ नं. को सवारी साधन युवा तथा मन्त्रिपरिषद्को निर्णयका

खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको आधारमा उपलब्ध गराइएको

३. सवारी चालक - १ जना

४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी

६. टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)

पूर्वप्रधानमन्त्री १. सुरक्षामा खटिएका पछुवाका लागि इन्धन २०६१/८/२१ को

सूर्यबहादुर थापा सुविधा मासिक १०० लिटर डिजेल र १ मन्त्रिपरिषद्को निर्णयका

लिटर मोबिल उपलब्ध गराइएको आधारमा उपलब्ध गराइएको

२. नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन

प्रयोगमा रहेको

३. सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८

-गृह मन्त्रालयको)

४. मासिक इन्धन २०० लि. डिजेल उपलब्ध

गराइएको

५. सवारी चालक - १ जना

६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

७. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी

पूर्वप्रधानमन्त्री १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

मरिचमान सिंह

पूर्वउपप्रधानमन्त्री १. मासिक इन्धन २०० लिटर डिजेल २०६१/८/२१ को

एवं गृहमन्त्री २. बा.१झ. ५५२१ को कार मन्त्रिपरिषद्को निर्णयका

वामदेव गौतम ३. बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा आधारमा उपलब्ध

-पछुवा) को लागि -सशस्त्र प्रहरी बलबाट) गराइएको

र आवश्यकताअनुसार इन्धन

४. सवारी चालक - १ जना

५. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

६. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी

पूर्वउपप्रधानमन्त्री १. बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवा) २०६१/८/२१ को

एवं गृहमन्त्री का लागि -सशस्त्र प्रहरी बलको) मन्त्रिपरिषद्को निर्णयका

के.पी. शर्मा २. बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप आधारमा उपलब्ध

ओली ३. सवारी चालक - १ जना गराइएको

४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

५. सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी

र उनीहरूका लागि इन्धन

पूर्वउपप्रधानमन्त्री १. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

सुजाता कोइराला

पूर्वउपप्रधानमन्त्री १. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

कृष्णबहादुर महरा

पूर्वगृहमन्त्री १. बा.७च. ७३०४ नं. को सवारी साधन २०६१/८/२१ को

पूर्णबहादुर -भौतिक योजना तथा निर्माण मन्त्रालयको) मन्त्रिपरिषद्को निर्णयका

खड्का प्रयोगमा रहेको आधारमा उपलब्ध

२. सवारी चालक - १ जना गराइएको

३. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

४. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री १. मासिक इन्धन २०० लिटर डिजेल २०६१/८/२१ को

कृष्णप्रसाद २. २९९४ नं. को जीप -भौतिक योजना तथा मन्त्रिपरिषद्को निर्णयका

सिटौला निर्माण मन्त्रालयको) प्रयोगमा रहेको आधारमा उपलब्ध

३. सवारी चालक १ जना गराइएको

४. नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी

५. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री १. इन्धन सुविधा मासिक २०० लिटर डिजेल

भीमबहादुर २. बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी

रावल चालक १ जना

३. नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी

४. सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र

आवश्यकता अनुसार इन्धन

५. टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट)

पूर्वगृहमन्त्री १. नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी

खुमबहादुर २. सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी

खड्का

पूर्वगृहमन्त्री बुद्धिमान तामाङ १. नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री निरन्जन थापा १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री कमल थापा १. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री दानबहादुर शाही १. नेपाल प्रहरी - १ सुरक्षाकर्मी

पूर्वगृहमन्त्री गोविन्दराज जोशी १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

२. सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी

पूर्वअर्थमन्त्री रामशरण महत १. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे १. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वऊर्जामन्त्री प्रकाशशरण महत १. सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी

पूर्वमुख्यसचिव लोकमानसिंह कार्की १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा १. सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी

पूर्व स.प्र.म.नि. वासुदेव वली १. सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी

२. टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत १. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी

२. टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. १. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी

किशोरकुमार लामा २. टाटा सुमो - १ थान

प्रकाशित मिति: २०६८ मंसिर २४ ०८:४७
= = =