बलराम बानियाँ०
  काठमाडौ, मंसिर २४ - कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई त्यस्ता व्यक्ति थिए, जो प्रधानमन्त्री हुँदासमेत बिदाका दिन कहिल्यै सरकारी गाडी चढ्दैनथे । सत्तासीन हुँदा पनि उनी बिदाका दिन कतै जानुपरे ट्याक्सी चढ्थे । दुई पटक प्रधानमन्त्री हुँदा दुवै पटक सत्ताबाट बाहिरिएकै दिन गाडीलगायत सबै सरकारी सुविधा छाडेका थिए । पूर्वप्रधानमन्त्रीका नाताले मात्र नभई स्वास्थ्यका कारणसमेत अशक्त भएकाले सरकारले उनलाई एउटा गाडी दिएको थियो । तर अचम्म, त्यस्ता त्यागी नेतालाई दिइएको गाडी उनको मृत्युपछि सरकारकहाँ पुगेन । भट्टराई दिवंगत भएको १० महिना भइसक्यो, सरकारी गाडी सहयोगी अमिता कपालीले बिना हैसियत चढ्दै आएकी छन् ।
सत्ताबाट बाहिरिएलगत्तै गाडी फिर्ता गर्ने अपवाद किसुनजीमात्र थिए । बाँकी नेताले एक पटक प्रधानमन्त्री, उपप्रधानमन्त्री वा गृहमन्त्री हुनु भनेको चालकसहित सरकारी गाडी र इन्धनलगायत सुविधा आजीवन पाउनु हो भन्ने ठान्दै आएका छन् ।
भट्टराईपछि कांग्रेसकै २ जना, तत्कालीन राप्रपाका २, एमालेका ३ र माओवादीका एक प्रधानमन्त्री बाहिरिइसकेका छन् ।
तर कांग्रेसका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, तत्कालीन राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल अनि माओवादीका पुष्पकमल दाहाल कसैले पनि भट्टराईको अनुसरण गरेनन् । उनीहरू सबैले सत्ताबाट बाहिरिँदा कानुन र पदीय मर्यादा उल्लंघन गर्दै आफू प्रधानमन्त्री हुँदा चढेकै सुविधासम्पन्न गाडीसहित प्रधानमन्त्री निवासबाट बाहिरिए । आफ्ना उत्तराधिकारीका लागि गाडी नै बाँकी नरहने स्थिति हुँदासमेत उनीहरूले आफू पदमा रहेकै बेलाको सवारीसाधन लैजाँदै आएका थिए ।
सबैजसो सत्तासीन नेताहरूमा सर्वसाधारणका समस्या हल गर्नभन्दा पनि कसरी महँगा गाडी र सरकारी सुविधा सधैंका लागि हत्याउने भन्ने प्रवृत्ति बारम्बार देखिँदै आएको छ । यस्तो प्रवृत्तिको सुरुआत कोइरालाबाट भयो जसले प्रधानमन्त्री हुँदा मात्र हैन, त्यसपछि पनि आजीवन मेलम्ची खानेपानी आयोजनाको विलासी गाडी चढिरहे । उनको निधनपछि मात्र त्यो गाडी आयोजनालाई फिर्ता गरिएको थियो ।
त्यही गाडी झलनाथ खनाल प्रधानमन्त्री भएपछि उनकी पत्नी रविलक्ष्मी चित्रकारले मगाएर चढिन् । खनालको बहिर्गमनपछि अहिले उक्त गाडी प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी एवं माओवादी नेतृ हिसिला यमीले चढिरहेकी छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र सूर्यबहादुर थापाले पनि कोइरालाकै बाटो अनुसरण गरे । सत्ताबाट बाहिरिँदा देउवाले चमेलिया जलविद्युत् आयोजनाको र थापाले विद्युत् प्राधिकरणको प्राडो लगेर चढ्दै आएका छन् । अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने युवा तथा खेलकुद मन्त्रालयको गाडी चढ्दै आएका छन् ।
दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ कोइरालाको पालामा प्रधानमन्त्रीका लागि भनेर मगाइएको सवा करोड रुपैयाँको बुलेटप्रुफ गाडी आइपुग्यो । कम्युनिस्ट प्रधानमन्त्रीलाई सवा करोडको गाडी भनेर समाचारहरू सार्वजनिक भएपछि दाहालले त्यो गाडी चढ्दिनँ भने । त्यही गाडी उपराष्ट्रपति परमानन्द झालाई दिइयो । दाहालले आफू प्रधानमन्त्री छँदै चमेलियाको त्योभन्दा महँगो प्राडो जिप झिकाएर चढे । अनि उत्तराधिकारीलाई बाँकी नै नराखी त्यही प्राडो लिएर बालुवाटारबाट बाहिरिए ।
उनीपछिका पूर्वप्रधानमन्त्रीहरू नेपाल र खनाल मात्रै के कम ? उनीहरूले पनि निर्धक्क त्यसै गरे । दुवैले सत्ताबाट बाहिरिँदा चमेलियाकै महँगो र विलासी प्राडो लगेर चढ्दै आएका छन् । देउवा, दाहाल, नेपाल र खनालले चमेलियाको क्रमशः बा६च १०२५, १०२९, १०३० र १०२६ नं. को प्राडो चढ्दै आएका छन् । सबैजसो पूर्वप्रधानमन्त्रीले सत्ताबाट बाहिरिँदा जबर्जस्ती आफू चढेकै गाडी लगेका हुन् ।
पछिका सरकारले उनीहरूलाई अनधिकृत रूपमा जबर्जस्ती लगेको गाडी नै चढ्न दिने भनेर निर्णय गरिदिएको मात्र हो ।
सरकारबाट सबभन्दा बढी सुविधा लिनेमा दाहाल अग्रपंक्तिमा छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट सभासदको तलब सुविधाका अतिरिक्त आवास सुविधाबापत थप मासिक ८० हजार रुपैयाँसमेत लिँदै आएका छन्, जबकि सभासदको तलबभत्तामा नै आवास सुविधा दिइएको हुन्छ । विपक्षी दल कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालालाई पनि दाहाललाई जस्तै मासिक ८० हजार रुपैयाँ दिइएको थियो । उनले त्यो ८० हजार रुपैयाँ लिन थालेपछि सभासदबापतको भत्ता लिएनन् । दाहालले भने दुवै सुविधा लिइरहेका छन् । इन्धनका हिसाबले सबभन्दा बढी सुविधा नेपाललाई दिने गरिएको छ । उनलाई मासिक ३ सय लिटर र अरू पूर्वप्रधानमन्त्रीहरूलाई २ सय लिटर दिने गरिएको छ । उनीहरूको सुरक्षाकर्मीका पछुवा गाडीलाई भने नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट दिइने इन्धन सुविधा कसैलाई धेरै र कसैलाई कम छ ।
पूर्वगृहमन्त्री कृष्ण सिटौला, वामदेव गौतम र भीम रावलले पनि पूर्वप्रधानमन्त्रीहरूको जस्तै उत्तराधिकारीलाई बाँकी नै नराखी पदमा हुँदा चढेकै विलासी गाडी लिएर गए । गृह मन्त्रालयले पदासीन हुँदा लगेको गाडी फिर्ता गर्न आग्रह गर्दै अर्को गाडी दिने बताउँदा पनि सिटौला र रावलले फिर्ता गरेनन् । गौतमले भने विलासी गाडी फिर्ता गरेर अर्को कार लगेका छन् । सरकारले तजबिजी निर्णयबाट पूर्वगृहमन्त्रीहरूलाई पदबाट बाहिरिएको तीन वर्षसम्म गाडी सुविधा दिने गरेको छ । पदबाट बाहिरिएको तीन वर्ष बढी भइसके पनि पूर्वगृहमन्त्रीहरू केपी ओली, पूर्णबहादुर खड्का र सिटौलाले गाडी फिर्ता गर्न मानेका छैनन् ।
गृह मन्त्रालयको निर्णयका आधारमा भन्दै एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंह र कम्युनिस्टका संस्थापक नेता नरबहादुर कर्माचार्यले बिना हैसियत २ सय लिटर पेट्रोल र चालकसहित गाडी सुविधा लिएका छन् । पोखरेलले भने आफूले सरकारबाट गाडी सुविधा नलिएको दाबी गरेका छन् । गृह मन्त्रालयले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा भने उनलाई पनि गाडी सुविधा दिएको उल्लेख छ ।
सर्वोच्च अदालतले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्व विशिष्ट व्यक्तिहरूलाई सरकारको तजबिजी निर्णयबाट दिएको सबै सुविधा खारेज गरेपछि नेताहरूको गाडी मोहमा व्यवधान आइपरेको छ । सर्वोच्चले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा बस्न दिने निर्णयसमेत खारेज गरिदिएको छ ।
ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएका बेला तत्कालीन सरकारले केही समयका लागि भनेर नागार्जुन दरबारमा बस्न दिए पनि कहिलेसम्मका लागि भन्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छैन । साथै सरकारले पूर्वराजा र राजपरिवारलाई दिँदै आएको सुरक्षा दस्तासहितको सुविधासमेत अवैध ठहर गरी फिर्ता गर्न अदालतले आदेश दिएको छ ।
फिर्ता गर्ने वचन
पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले मुख्यसचिव माधव घिमिरे र गृहका अधिकारीहरूलाई फोन गरी आफूहरू सर्वोच्चको निर्णयअनुसार सुविधा फिर्ता गर्न तयार रहेको बताएका छ् । 'नेपाल, थापा र चन्दले हामीलाई फोन गरी सर्वोच्चको निर्णयअनुसार गाडी, सुरक्षाकर्मीलगायत के/के सुविधा फिर्ता गर्नुपर्ने हो हामी तयार छौं, फैसलाको कपी आएपछि हामीलाई भन्नुहोला भन्नुभएको छ,' एक अधिकारीले भने ।
राजधानीको गोठाटारस्थित मदन-आश्रति स्मृति प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा जाँदा र र्फकंदा नेपालले सरकारी सुविधाको प्राडो चढेनन् । उनी कार्यक्रममा अर्कै निजी गाडी चढेर गएका थिए । यसैबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि गाडी र सुविधा फर्काउने उनका छोरा प्रकाशले शुक्रबार कान्तिपुरलाई बताएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल    १.     इन्धन सुविधा २०० लिटर पेट्रोल    
    २.     बा.६च. १०२६ नं. प्राडो जीप    
                          ३.     सवारी चालक - १ जना    
                          ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
                          ५.    सशस्त्र प्रहरी - १३ जना सुरक्षाका लागि
                           पछुवा गाडी र सशस्त्र प्रहरीबाट उपलब्ध
                      (२०६७/१२/९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम)
पूर्वप्रधानमन्त्री       १.     इन्धन सुविधा मासिक ३०० लिटर डिजेल      
माधवकुमार          २.    बा.६च. १०३० नं. को चमेलिया जलविद्युत्     
नेपाल                         आयोजनाको प्राडो जीप       
                             ३.     सवारी चालक- १ जना      
                             ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी    
                             ५.    सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
                                           र आवश्यकताअनुसार इन्धन
                              ६.    टाटा टेल्को गाडी - १ थान
                                  (सशस्त्र प्रहरी बलबाट)
                                 (२०६१/८/२१  र २०६७/१२/९ को
                                 मन्त्रिपरिषद्को निर्णय बमोजिम)
पूर्वप्रधानमन्त्री           १.     २०६६ जेठ महिनादेखि आवास सुविधा   
पुष्पकमल दाहाल                     मासिक रु. ८०,०००/-   
                         २.     प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध
                                    गराइएको चमेलिया जलविद्युत् आयोजनाको     
                                          १०२९ नं. को प्राडो जिप 
                          ३.     सुरक्षा -पछुवा) का लागि माज्दा गाडी सशस्त्र
                                              प्रहरी बलबाट उपलब्ध गराइएको
                                   ४.     नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागि
                                               बा.१.झ. ५५९९ नं. को सवारी साधन र
                                               सोका लागि ३५० देखि ४०० लिटर मासिक
                                                      रूपमा इन्धन
                                     ५.    नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी
                                     ६.    सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र
                                               आवश्यकताअनुसार इन्धन 
                                                  -२०६१/८/२१ र २०६६/४/९ को मन्त्रिपरिषद्को
                                               निर्णय बमोजिम)
पूर्वप्रधानमन्त्री              १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल    
शेरबहादुर देउवा            २.     सुरक्षा -पछुवा) गाडीको लागि १०० लिटर            
                                             डिजेल र १ लिटर   मोबिल मासिक उपलब्ध   
                                                 गराइएको 
                                      ३.    सुरक्षा -पछुवा) का लागि पिकअप नं. ७५१४
                                                 -गृह मन्त्रालयको)
                                       ४.    सरकारी साधन चमेलिया जलविद्युत्
                                                     आयोजनाको बा.६च. को प्राडो जीप 
                                         ५.     सवारी चालक - १ जना
                                          ६.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
                                          ७.     सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी
                                          -२०६१/८/२१ को मन्त्रिपरिषद्को निर्णयका
                                              आधारमा उपलब्ध गराइएको)
पूर्वप्रधानमन्त्री     १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल    २०६१/८/२१ को 
लोकेन्द्रबहादुर चन्द    २.     ९१४५ नं. को सवारी साधन युवा तथा     मन्त्रिपरिषद्को निर्णयका
        खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको     आधारमा उपलब्ध गराइएको   
    ३.     सवारी चालक - १ जना
    ४.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ५.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
    ६.     टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)            
पूर्वप्रधानमन्त्री     १.     सुरक्षामा खटिएका पछुवाका लागि इन्धन    २०६१/८/२१ को
सूर्यबहादुर थापा        सुविधा मासिक १०० लिटर डिजेल र १    मन्त्रिपरिषद्को निर्णयका
        लिटर मोबिल उपलब्ध गराइएको      आधारमा उपलब्ध गराइएको
    २.    नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन
        प्रयोगमा रहेको 
    ३.     सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८
        -गृह मन्त्रालयको)
    ४.    मासिक इन्धन २०० लि. डिजेल उपलब्ध
        गराइएको 
    ५.     सवारी चालक - १ जना
    ६.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ७.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वप्रधानमन्त्री    १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 
मरिचमान सिंह
पूर्वउपप्रधानमन्त्री    १.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को    
एवं गृहमन्त्री     २.     बा.१झ. ५५२१ को कार     मन्त्रिपरिषद्को निर्णयका       
वामदेव गौतम    ३.     बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा    आधारमा उपलब्ध
        -पछुवा) को लागि -सशस्त्र प्रहरी बलबाट)     गराइएको
        र आवश्यकताअनुसार इन्धन
    ४.     सवारी चालक - १ जना
    ५.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
    ६.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वउपप्रधानमन्त्री    १.     बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवा)     २०६१/८/२१ को
एवं गृहमन्त्री         का लागि -सशस्त्र प्रहरी बलको)     मन्त्रिपरिषद्को निर्णयका
के.पी. शर्मा     २.     बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप     आधारमा उपलब्ध
ओली     ३.     सवारी चालक - १ जना     गराइएको
    ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ५.     सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी
        र उनीहरूका लागि इन्धन
पूर्वउपप्रधानमन्त्री    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
सुजाता कोइराला
पूर्वउपप्रधानमन्त्री    १.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी
कृष्णबहादुर महरा
पूर्वगृहमन्त्री     १.     बा.७च. ७३०४ नं. को सवारी साधन     २०६१/८/२१ को
पूर्णबहादुर         -भौतिक योजना तथा निर्माण मन्त्रालयको)    मन्त्रिपरिषद्को निर्णयका
खड्का        प्रयोगमा रहेको      आधारमा उपलब्ध
    २.     सवारी चालक - १ जना     गराइएको
    ३.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ४.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री     १.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को
कृष्णप्रसाद     २.     २९९४ नं. को जीप -भौतिक योजना तथा     मन्त्रिपरिषद्को निर्णयका
सिटौला        निर्माण मन्त्रालयको) प्रयोगमा रहेको      आधारमा उपलब्ध
    ३.     सवारी चालक १ जना     गराइएको
    ४.     नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी
    ५.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री     १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल
भीमबहादुर     २.     बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी
रावल        चालक १ जना
    ३.     नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी
    ४.     सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र
        आवश्यकता अनुसार इन्धन 
    ५.     टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट)
पूर्वगृहमन्त्री     १.     नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी
खुमबहादुर     २.     सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी
खड्का
पूर्वगृहमन्त्री बुद्धिमान तामाङ     १.     नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री निरन्जन थापा    १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 
पूर्वगृहमन्त्री कमल थापा    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री दानबहादुर शाही     १.    नेपाल प्रहरी - १ सुरक्षाकर्मी
पूर्वगृहमन्त्री गोविन्दराज जोशी     १.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    २.     सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी
पूर्वअर्थमन्त्री रामशरण महत     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी
पूर्वऊर्जामन्त्री प्रकाशशरण महत    १.    सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी
पूर्वमुख्यसचिव लोकमानसिंह कार्की     १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा    १.    सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी
पूर्व स.प्र.म.नि. वासुदेव वली     १.     सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी
    २.     टाटा सुमो - १ थान
पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
    २.     टाटा सुमो - १ थान
पूर्व स.प्र.म.नि.    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
किशोरकुमार लामा    २.     टाटा सुमो - १ थान        
प्रकाशित मिति: २०६८ मंसिर २४ ०८:४७
= = =
Saturday, December 10, 2011
Subscribe to:
Post Comments (Atom)
 
No comments:
Post a Comment