Saturday, December 17, 2011

बाग्मती अतिक्रमण र सुकुम्बासी

शिवकुमार भट्टराई

राजधानी काठमाडौा यतिखेर अस्तव्यस्त छ । सरकारले विकास निर्माण अभियानलाई थोरै गति दिन थालेको मात्र थियो विभिन्नखाले समस्या तेर्सिएका छन् । सडक अतिक्रमण गर्नेहरूमाथि कारबाही थाल्यो न्यायालयको आडमा रोकिएका छन् । अरनिको राजमार्ग फराकिलो पार्ने काम सरकारले तीव्र पार्नेबित्तिकै अतिक्रमणकारीहरू न्यायालय पुगे र अहिले 'स्टे अर्डर' भएको छ । यस्तै मुलुककै सम्पदाका रूपमा रहेको बाग्मती नदी आज प्रदूषण र अतिक्रमणले प्रताडित अवस्थामा छ । फितलो प्रशासन र स्वार्थी राजनीतिक दलको प्रवृत्तिले बाग्मती नदीमाथिको अतिक्रमण व्यापक भएको हो । आज सुकुम्बासीका नाममा बहुमूल्य जग्गामाथि भएको अतिक्रमणले बाग्मती सभ्यता नै धरापमा परेको छ । बाग्मती नदीमाथि भएको अतिक्रमण हटाउन सरकारी तहबाट अभियान थाल्ने सङ्केत पाउनेबित्तिकै न्यायपालिकाको आदेशमा रोकियो । सर्वोच्च अदालतले केही वर्ष अघि नै बाग्मती नदीलाई प्रदूषणमुक्त तुल्याउन आवश्यक व्यवस्था तत्काल गर्नु भनी सरकारका नाममा आदेश भए पनि राजनीतिक स्वार्थका कारण काम अघि बढेको थिएन तर वर्तमान सरकारले पहिलोपटक यो विषयमा राजनीतिक सहमति जुटाएको थियो । सहमति जुटेकै दिन पुनरावेदन अदालतले भने हाललाई नहटाउनु भन्ने आदेश दियो । यद्यपि पछि अदालतले नदी अतिक्रमण गरी बस्ने सुकुम्वासीलाई हट्न ३५ दिने म्याद दिनुपर्ने आदेशसहित सरकारले हटाउन सक्ने फैसला गरेको छ । अब भने यसका लागि क्रियाशील एकीकृत बाग्मती सभ्यता समितिलाई काम गर्न कानुनी बाटो खुलेको छ ।

राजनीतिक र कानुनीरूपमा अतिक्रमण हटाउन बाटो खुले पनि केही स्वार्थी प्रवृत्तिले यसलाई मुद्दा बनाउन छोडेको छैन । सहमति जनाउने ठूला दलकै केही नेता भने सुकुम्बासीका नाममा भइरहेको अतिक्रमणकारीको मनोबल बढाउने गरी भाषण ठोक्न हतारिएका छन् । राजधानीको सभ्यताको संरक्षण गर्ने यस्तो संवेदनशील विषयमा स्वार्थी राजनीतिकर्मीको अभिव्यक्तिले कतै फेरि यो अभियान प्रभावित हुने त होइन भन्ने आशङ्का उब्जिएको छ । यो प्रवृत्ति रोकिएन भने राजधानी मात्र होइन देशैभरि समस्या विकराल बन्नेछ । साथै विकृति, विसङ्गति र अराजकता मौलाउनेछ ।

विगतमा राजनीतिक दलभित्रको स्वार्थी प्रवृत्ति र चुनावी राजनीतिले गर्दा उनीहरूकै आडमा बाग्मतीमाथिको अतिक्रमण बढेको हो । राजधानीको मूल्यवान जग्गामा आधिपत्य जमाउन पाउने अवस्थालाई चल्तापुर्जावाला सबैले दुरुपयोग गरे । अहिले बाग्मती नदीमाथि अतिक्रमण गरी पक्की घरसमेत बनेका छन् । छाप्रो नै बनाइएको भए पनि भित्र भने आधुनिक सामानहरू पाइन्छन् । पि|mज, टि.भी. मोटरसाइकल र कतिपयले त गाडी नै राखेर त्यहाा बसोबास गरेका छन् । सबै त्यस्ता नहोलान् तर केही मानिस त्यो हैसियतका पनि छन् । यति मात्र होइन अतिक्रमण गरेर भाडामा लगाउने र किनबेच नै गर्ने प्रवृत्ति पनि बढेको छ । त्यसले गर्दा बाग्मती नदीमाथिको अतिक्रमणले संस्थागत स्वरूप नै ग्रहण गर्न थालेको छ । यो प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने राजनीतिक दलले चुनावमा मत लिने गलत सोचका कारण समस्या बढाउने काम भएका छन् तर अब भने त्यो अवस्था रहनुहुन्न । सुरुमा बस्दा नै उनीहरू हट्नुपर्छ भन्ने मानसिकता थियो र अहिले कुनै पनि बेला हट्नुपर्छ भन्ने बुझेका छन् तर स्वार्थी राजनीतिक चालले समस्या थपेको हो ।

No comments: